मन्त्री थपलियाको यातायात कार्यालयका कर्मचारीलाई निर्देशन–‘हाम्रो कामको मोडालिटी परिबर्तन गर्नुपर्छ’

जनपत्र
१३ फाल्गुन २०७९, शनिबार ०९:०६

हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले पहिले भइरहेको कामको मोडालिटी परिबर्तन गर्नुपर्ने वताउनु भएको छ । चितवनको भण्डारामा बागमती प्रदेश भित्रका यातायात कार्यालयहरुका कर्मचारीसंग अन्तरक्रया कार्यक्रममा बोल्दै उहाँले आन्तरिक र बाह्य समस्याहरु भएपनि कर्मचारीले गुनासो गर्ने हैन समस्या समाधान गर्ने वताउनुभयो ।

उहाँले समस्या समाधान हुने बिषयमा गुनासो गर्न नहुने वताउनुभयो । सरकार परिबर्तन हुने कुराको कर्मचारीले चासो लिन नहुने कामको प्रकृतीलाई सरकार मन्त्री फेरबदलसङ दाज्न नहुने वताउनुभयो । उहाँले भन्नुभयो–‘कर्मचारी अविछिन्न हुन्छ । हाम्रो कारणले जनताले दुःख पाउन हुन्न गम्भीर भएर जनताको सेवा दिनुपर्छ । अनलाइन भुक्तानी प्रणालीलाई तुरुन्त लागू गरौं । यातायात क्षेत्रलाई चुस्त दुरुस्त गर्ने गरि लाग्नुपर्छ ।’

सेवाग्राहीलाई उल्टै गुनासो सुनाउने सेवाग्राही सङ्ग मीठो नबोल्ने, सानो कारणले पनि सरकार बद्नाम हुने गतिविधि गर्न हुन्न होसियार हुनुपर्ने उहाँले वताउनुभयो ।
ट्रायल सेन्टर आफ्नो बनाउन पर्ने मन्त्री थपलिायको सुझाब छ । ट्रायल सेन्टर सरकारले चलाउन पर्ने वताउँदै उहाँले भन्नुभयो–‘यसबाट केही बद्नाम समेत भएको छ ।
निति नियम मिलाएर आएका काम कुनै पनि रोकिन्न ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*