चितवनमा गाेविन्दे हात्तीकाे आक्रमणबाट इजरायली नागरिकको ज्यान गयाे

रत्ननगर नगरपालिका–६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उहाँलाई ढुङ्ग्रे खोला छेउमा हात्तीले आक्रमण गरेको हो । योसँगै चालु आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट छ जनाको ज्यान गएको छ । बाघको आक्रमणबाट एक जना, हात्तीको आक्रमणबाट दुई जना र गैँडाको आक्रमणबाट तीन जनाको ज्यान गएको निकुञ्जले जनाएको छ।रासस