हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार सुरु

काठमाण्डाै – हिमालयन बैंक र सिभिल बैंकले आज शुक्रवारदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु गरेको हो । दुई वटा बैंक एक भएपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
हिमालयन बैंक र सिभिल बैंकबीच गएको असार २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सिभिल बैंकलाई प्राप्ति गरेपछि बैंकको पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । सिभिल प्राप्तिसँगै हिमालयन बैंकको १ सय ८९ वटा शाखा पुगेको छ ।