हेटौँडा सिमेन्ट उद्योगले फेरि उत्पादन थाल्यो

जनपत्र
१२ फाल्गुन २०७९, शुक्रबार १२:००

मकवानपुर – कोइलाको अभाव भएपछि बन्द भएकाे हेटौँडा सिमेन्ट उद्योगले आज शुक्रवारदेखि फेरि उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ ।

हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा अहिलेलाई एक हजार छ सय मेट्रिक टन कोइला आपूर्ति भएको जनाएको छ ।

उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले आपूर्ति भएको एक हजार छ सय मेट्रिक टन कोइलाले १५ दिनलाई सिमेन्ट उत्पादन गर्न कच्चा पदार्थ पुग्ने जानकारी दिनुभयो । बाँकी कोइला आउने क्रममा रहेको छ । कोइला आपूर्ति भारत, भुटान, इन्डाेनेसिया र पाकिस्तानबाट भइरहेको कर्णले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*