कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिवार

जनपत्र
१२ फाल्गुन २०७९, शुक्रबार १०:३८

काठमाण्डाै – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भाेलि शनिवार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान साढे ८ बजेका लागि तय भएकाे छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार चयनलगायत विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । यही फागुन २५ गते हुने राष्ट्रपति पदको चुनावका लागि भाेलि नै उम्मेदवारी मनोनयन दर्ता तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*