सार्वजनिक बिदामा पनि सरकारी कार्यालय खोल्ने तयारीमा सरकार, सेयर बजार के हुन्छ ?

जनपत्र
१२ फाल्गुन २०७९, शुक्रबार ०८:१८

सार्वजनिक बिदाको दिन अत्यावश्यक सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषद्मा छलफल भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा शनिबारबाहेकका सार्वजनिक बिदामा प्रत्यक्ष सेवाग्राहीसँग जोडिएका अत्यावश्यक तथा महत्त्वपूर्ण सरकारी कार्यालयहरू खुला राख्ने विषयमा छलफल भएको हो । सार्वजनिक बिदा धेरै भएको भन्दै सार्वजनिक रूपमा आलोचना हुन थालेपछि सरकारले उक्त विषयमा छलफल गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, “बिदाको विषयमा बढी चर्चा भएको छ, बिदा धेरै भए भन्नेमा सरकारको ध्यानाकर्षण भएको छ। तत्काललाई कर्मचारीलाई केही सुविधा दिएर वा सट्टा बिदाको व्यवस्था गरेर अत्यावश्यक कार्यालयहरू खुला राख्ने सवालमा छलफल भएको छ।”

शनिवारबाहेकका बिदाका दिन जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैङ्क, प्रहरी कार्यालय, यातायात, मालपोत, करलगायतका कार्यालय खुला राख्ने विषयमा छलफल भएको हो।

सरकारी बिदा बाहेकका अन्य सार्वजनिक विदामा अत्यआवश्यक कार्यलय खोल्ने तयारी सरकारले गरेको छ । अहिले नै कुन कुन कार्यलयहरु खुल्ने भनेर खाका बनिसकेको छैन । अब सरकारले यसको तयारी गर्नेछ । बैंक तथा वित्तिय संस्थाहरु पनि शनिबार बाहेकका सार्वजनिक विदामा खोल्ने तयारीमा सरकार छ यसकारण पनि सेयर बजार समेत खुल्न सक्छ तर खाका तयार नहुँदासम्म अहिले नै यकिन भन्न सकिने अवस्था छैन स्रोतले भन्यो ।

तत्काललाई कर्मचारीलाई केही सुविधा दिएर वा सट्टा बिदाको व्यवस्था गरेर अत्यावश्यक कार्यालयहरू खुला राख्ने सवालमा छलफल भएको छ।

सार्वजनिक बिदाको दिन कार्यालय आउने कर्मचारीलाई थप सुविधा दिने वा अन्य व्यवस्था गरेर भए पनि सार्वजनिक बिदाको दिन सरकारी कार्यालय खोल्ने भएको छ। त्यसका लागि अत्यावश्यक कार्यालयको पहिचान गरी सूचीसमेत तयार गरिने भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*