बागमतीको भौतिक पूर्वाधार मन्त्रालयले माग्यो इन्जिनियर
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्जिनियर र सब-इन्जिनियर माग गरेको छ।
सिभिल इन्जिनियर उपसमूह जनरलतर्फ ८ जना र बी.एन्ड आर्कतर्फ ६ जना माग गरिएको मन्त्रालयले जनाएको छ।
यस्तै सब-इन्जिनियर हाइवे उपसमूहतर्फ २४ जना माग गरिएको छ।
मन्त्रालय र काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लामा सञ्चालित विभिन्न योजना तथा आयोजनाका लागि इन्जिनियर र सब-इन्जिनियर आवश्यक परेकोले माग गरिएको मन्त्रालयको भनाइ छ।
एक साताभित्र इच्छुकले मन्त्रालयमा दरखास्त दिन पनि आग्रह गरिएको छ।
यस्तो छ सूचना: