जी २० का अर्थ मन्त्रीहरूको सम्मेलनमा भाग लिन अर्थ मन्त्री पौडेल भारत प्रस्थान

जनपत्र
११ फाल्गुन २०७९, बिहीबार १५:१६

काठमाण्डाै – उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गर्नुभएको छ । जी २० का अर्थ मन्त्रीहरूको सम्मेलनमा भाग लिन उहाँ भारत जानुभएको हो ।

जी २० का अर्थमन्त्रीहरूको सम्मेलन फागुन १२ र १३ गते भारतको बेङ्लाेरमा हुने कार्यक्रम छ । मन्त्री पाैडेलले सम्मेलनका साथै भारतलगायत विभिन्न देशका समकक्षीहरूसँग छलफल गर्नुहुने कार्यक्रम छ । उहाँसँगै अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत जानुभएको छ ।

नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो । जी २० मा भारत, चीन, जापान, अमेरिका, बेलायतलगायतका राष्ट्रहरू छन् ।

उपप्रधान एवम् अर्थ मन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*