सुनकाे भाउ आज पाँच सय रुपैयाँले घट्याे

जनपत्र
११ फाल्गुन २०७९, बिहीबार १२:०४

काठमाण्डाै – सुनचाँदीको भाउ आज घटेको छ। सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनकाे भाउ तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ छ।

यो हिजोको भाउभन्दा तोलामा ५ सय रुपैयाँले सस्तो हो । यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*