शाहरुख खानको शान्त विद्रोह

जनपत्र
११ फाल्गुन २०७९, बिहीबार ११:०५

१४ फेब्रुअरी २०१६ को बिहान अहमदावादस्थित हायात रिजेन्सी बाहिर दश जनाको समूह भेला भएको थियो। जय श्रीराम र शाहरूख खान हाय हायको नारा लगाएको त्यस समूहले एक्कासी होटलको पार्किङमा ढुंगामुढा सुरू गरे। शाहरूख खानको गाडीमा समेत तोडफोड गरेर उनीहरू भागे।

घटनालगत्तै होटलका सुरक्षागार्डले प्रहरी चौकीमा उजुरी दिए। उजुरी परेपछि घटनामा संलग्नहरूलाई प्रहरीले पक्राउ गर्‍यो। त्यही दिन प्रहरीलाई सूचना पुगेको थियो- हायात रिजेन्सीको बाहिर शाहरूख खानको पुत्ला जलाउने तयारीमा भारतीय जनता पार्टी (भाजपा)का युवा कार्यकर्ताले योजना बनाइरहेछन्। सुरक्षा सतर्कता बढाएपछि प्रहरीले १७ जनालाई गिरफ्तार गरेको थियो। प्रहरी सतर्क रहँदारहँदै पनि हायात पुगेर १० जनाको समूहले ढुंगामुढा गर्दै शाहरूख खानको गाडीमा क्षति पुर्‍यायो।`

यो घटनाको तीन महिना पहिला आफ्नो ५०औँ जन्मदिनको अवसरमा शाहरूख खान इण्डिया टूडे टेलिभिजनमा पुगेका थिए। टेलिभिजनका पत्रकार राजदीप सरदेसाइले खानलाई सोधे- ‘के भारतमा असहिष्णुता बढिरहेको छ?’

खानले टेलिभिजनमा जवाफ दिएका थिए- ‘देशमा धेरै नै असहिष्णुता छ। मानिसहरू अब अफवाहमै रमाउन थालेका छन्। हामी एक धर्मनिरपेक्ष मुलुक हौं। पछिल्लो १० वर्षमा सबैभन्दा बढी उन्नति गर्ने राष्ट्रको सूचीमा हामी पर्छौं। हामी आधुनिक भारतको कुरा गर्छौं। हामी आधुनिक हुने हो भने असहिष्णुताको पक्षधर हुनुहुँदैन। एक देशभक्त नागरिक एक धर्मनिरपेक्ष नागरिक नहुनु सबैभन्दा संगीन अपराध हो।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*