मकवानपुरगढी गाउँपालिकामा राजश्व छलेर क्रसर उद्योगलाई निःशुल्क ग्राभेल

हेटौंडा । मकवानपुरगढी गाउँपालिका कार्यालयलाई राजश्व नतिरीकन क्रसर उद्योगले नदिजन्य पदार्थ संकलन गरिरहेको छ । बिगत दश दिन अगाडी देखि मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ मा रहेको साइबाबा क्रसर उद्योगले नदिजन्य पदार्थ संकmन गरेर क्रसर उद्योगमा थुपारिरहेको छ ।
गाउँपालिकाले कर संकलन गर्न राखेका कर्मचारी रमिते बनेर बसेका छन् । तर, क्रसर उद्योगले प्रत्यक दिन ७० टिप सम्म सामरी खोलाको ग्राभेल क्रसर उद्योगमा जम्मा गर्नेगरेको स्थानीय प्रतक्षदर्शीहरुले वताएका छन् ।
गाउँपालिका कार्यालयलाई रसिद काटेर राजश्व रकम जम्मा गरेर मात्र ढुङ्गा, गिट्टी, वालुवा निकासी गर्न दिने नियम भएपनि पैसा नलिइकन क्रसर उद्योगलाई नदिजन्य पदार्थ उपलब्ध राइएको हो ।
गाउँपालिका कार्यालयका कर्मचारीहरुको मिलेमतोमा सामरी खोलाबाट राजश्व रकम समेत जम्मा नगरीकन क्रसरलाई ग्राभेल उपलब्ध गराइएको सिमल्टारका स्थानीय वासिन्दाहरुले वताए ।
गाउँपालिका कार्यालयको आन्तरिक आमदानीको मुख्य श्रोत भनेको नदिजन्य पदार्थबाट लिइने राजश्व रकम हो । त्यसमा पनि क्रसर उद्योगसंगको मिलेमतोमा सितैमा ढुङ्गा, गिट्टी, वालुवा उपलब्ध गराइएकोमा स्थानीयहरु आक्रोसीत भएका छन् ।
यता मकवानपुरगढी गाउँपालिकाका राजश्व राखाका प्रमुख तथा योजना अधिकृत प्रकास न्यौपानेले राजश्व नतिरीकन नदिजन्य पदार्थ क्रसर उद्योगलाई दिन बन्द गरिने वताउनुभयो ।
क्रसर उद्योगले बिना राजश्व खोलाबाट नदिजन्य सामाग्री लगिरहेको आफुलाई जानकारी नभएको उहाँले वताउनुभयो । सामरी र ज्यामिरे खोलाबाट ट्याक्टरमा माध्यमले संकलन गरिएको नदिजन्य पदार्थ मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र केही जनप्रतिनिधी समेतलाई जानकारी नदिइकन सिमीत स्थानीय जनप्रतिनिधी र कर्मचारीले कमाउ धन्दा चलाउनका लागि क्रसर उद्योगलाई निशुल्क नदिजन्य सामाग्री उपलब्ध गराइएको अर्का स्थानीयले जनपत्र डटकमलाई बताए ।