खैरो हेरोइनसहित एक पक्राउ

जनपत्र
११ फाल्गुन २०७९, बिहीबार ०८:३२

चन्द्रागिरि नगरपालिका –२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ५० ग्रामसहित कैलाली लम्कीचुहा नगरपालिका –१ बस्ने ४० वर्षीय सुनिल शाहीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदैगरेको ना. ८ ख ७६७० नम्बरको बसलाई जाँच गर्नेक्रममा बसमा सवार उनलाई खैरो हेरोइनसहित फेला पारी पक्राउ गरेको हो । त्यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*