मकवानपुरका सहकारीमा बचतकर्ताको रकम कति सुरक्षित ?

हेटौंडा । मकवानपुरका दश वटै स्थानीइ तहमा पछील्लो समयमा फस्टाएका संस्थाहरु मध्य सहकारी संस्था पनि एक हो । जिल्लाका एक सय २ वटै वडामा सहकारी संस्थाहरु सयौ छन् । सहकारीमा बचत गर्ने सामान्य सर्बसाधरण देखि ठुला रकम जम्मा गर्ने बचत कर्ता पनि छन् ।
एकै जना व्यक्ति एक भन्दा धेरै सहकारीमा आबद्ध छन् । सहकारीबाट लिएको ऋण उत्पादनमा लगाउने भन्दा पनि जग्गा धितो लिएर लगानी गर्ने, बैदेशिक रोजगारीका नाममा लगानी गर्ने प्रचलन धेरै छन् । थोरै ऋण लिनुपर्दा बिना धितो सहकारीले आफ्ना शेयर सदस्यहरुलाई ऋण दिदै आएको छ । सहकारीमा एक जना व्यक्ति दुइ वा दुइ भन्दा बढी सहकारीमा आवद्ध भएर एकबाट ऋण लिएर अर्को सहकारीका किस्ता तिर्ने प्रचलन पनि धेरै रहेको छ ।
मकवानपुरका प्रत्यक सहकारीले चल्ती खातामा र बचत खातामा रहेको बचत रकम एकै पटक सदस्यहरु लिन आएमा तिर्न सक्ने अवस्थामा छैनन् । सहकारीमा भइरहेको बेथति मध्यमा एउटा उदाहरण हो हेटौँडा–४, पारिजातपथस्थित शिव शिखर बहुद्देश्यीय सहकारी पनि । यस सहकारीमा तल्चा लगाएर सञ्चालक फरार भएका छन् । यसका बारण पनि अरु सहकारीका बचतकर्ताहरु बेलैमा आफ्नो सहकारी प्रति निगरानी राख्नुपर्ने देखिन्छ । जोखिमयुक्त ऋण उठाउनका लागि सहकारीहरु अग्रसर हुनुपर्ने अहिलेको आवस्यक्ता हो ।
शिव शिखर सहकारी बन्द गरेर सञ्चालक फरार भएपछि बचतकर्ताको करोडौं रुपैयाँ बचत जोखिममा परेको छ । बुधबार सहकारीको कार्यालयमा चल्ती खातामा रहेको रकम झिक्न आएका बचतकर्ताहरूले ढोकामा ताल्चा लगाएको देखेपछि अन्य शेयर सदस्यहरूलाई बोलाएर आन्दोलन गरेका छन् । सहकारीको ढोकामा ताल्चा लागेको बचतकर्ता बिमल उप्रेतीले बताए ।
हेटौँडामा पुस २०७७ मा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरको शाखा खोलिएको थियो । हेटौँडामा यो सहकारीको १६ औं शाखा हो । सहकारीले करिब ३ करोड रुपैयाँको लागतमा डिपार्टमेन्ट स्टोर पनि सञ्चालन गरेको छ । मार्टबाट घरायसी, खाद्यान्न, इलेक्ट्रोनिक्स, कपडा, पेय पदार्थ लगायतका वस्तु बिक्री हुने गरेको छ । सहकारीको ढोका बन्द भएपछि बचतकर्ताहरूले मार्ट घेराबन्दी गरिरहेका छन् ।
सहकारीका अध्यक्षदेखि कर्मचारीसम्मको फोन स्वीचअफ रहेको बचतकर्ता उप्रेतीले बताए । ‘हामी यहाँ आएर फोन गरेको सबैको फोन स्वीचअफ छ । सबै भागिसके भन्ने सुन्नमा आएको छ । अब मार्ट बन्द गर्न हामी आएका हौं,’ उनले भने । बचतकर्ता उप्रेतीका अनुसार सहकारीमा हेटौंडाबासीको करोडौं रुपैयाँ बचत रहेको छ । ‘एउटै व्यक्तिको ८६ लाखसम्म छ । १० लाखदेखि ३० लाखसम्म बचत गर्ने त धेरै हुनुहुन्छ,’ उप्रेतीले भने ।
सहकारीले बचतकर्ताहरूको रकम कहाँ लगानी गरेको भनेर जवाफ नदिएको उनीहरूको भनाइ छ । शिव शिखरसँग हेटौँडाबासीहरूले बचत फिर्ता मागेको घटना करिब एक महिना अगाडिदेखिको हो । सहकारीले करिब १ महिना अघि नै ढोकामा ताल्चा लगाएको थियो । तर, जिल्ला प्रहरी कार्यालय मकवानपुरमा एक महिनाभित्र बचत रकम फिर्ता गर्ने सहमति भएपछि पुनः खोलिएको थियो । रकम फिर्ता गर्ने सहमतिको म्यादसमेत गुज्रिइसकेको र हाल सञ्चालकहरू फरार रहेको अर्का बचतकर्ता सुवास चौलागाईले बताए ।
आफूले १०–१० हजार रुपैयाँ जम्मा गरेर डेढ लाख बचत गरिसकेको चौलागाईले बताए । आन्दोलित बचतकर्ताहरूले डिमार्टमेन्ट स्टोर बन्द गर्न सरकारी निकायसँग माग गरेका छन् । बचतकर्ताहरूले सहकारीमा लगानी गरेकाहरूको नामावली तयार पारेर हेटौँडा उपमहानगरपालिका, ४ नम्बर वडा कार्यालयमा बुझाउने तयारी गरेका छन् ।