आजको मौसम: प्रदेश १ र गण्डकीमा हल्का वर्षा र हिमपात हुने

जनपत्र
११ फाल्गुन २०७९, बिहीबार ०८:१७

गण्डकी प्रदेशका पहाडी भेगमा हल्का वर्षा र हिमाली भेगमा बिहीबार हिमपातको सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेर बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ।

आज दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। यी भागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ भने हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ।

बिहीबार राति प्रदेश १, बागमती, गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही हल्का वर्षा र हिमपातको सम्भावना छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*