मकवानपुर गोल्डकपको उपाधि मनाङ मस्याङ्दी क्लबलाइ
हेटौंडा । हेटौंडामा सम्पन्न पाँचौ संस्करणको ‘सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९’ मकवानपुर गोल्डकपको उपाधि मनाङ मस्र्याङदी क्लबले हात पारेको छ ।
केहिबेरअघि सम्पन्न फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि हात पारेको हो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा मनाङका लागि रोशन रानामगरले खेलको ७७ औँ मिनेटमा गरेको गोल निर्णायक गोल बन्यो ।
उपाधिसँगै मनाङले नगद १५ लाख प्राप्त गर्ने भएको छ भने उपविजेता हिमालयन सेर्पा क्लबले नगद १० लाखसहित शिल्ड प्राप्त गर्ने भएको छ ।
प्रतियोगितामा मनाङका कप्तान तथा गोलकिपर दीप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको एक थान बुलेट मोटरसाइकल हात पारे ।
यस्तै उत्कृष्ट गोलरकिपर मनाङका दीप कार्की, डिफेन्डर हिमालयन शेर्पाका अमित श्रेष्ठ , मिडफिल्डर मनाङका कमल थापा, फरवार्ड शेर्पाका योउमी र प्रशिक्षक मनाङका किरन श्रेष्ठ चुनिए । उनीहरुले जनही २५–२५ हजार हात पारे ।