सिँचाइ कुलाेमा डुबेर दाङमा एक जनाकाे ज्यान गयाे

दाङ – सिँचाइ कुलो (नहर)मा डुबेर आज बिहान दाङमा एक जनाको ज्यान गएको छ ।
देउखुरीमा खेतमा सिँचाइ गर्ने देउपुर कुलोमा डुबेर लमही नगरपालिका–६ देउपुर निवासी करिब ५० वर्षीय कैलाश डाँगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ । प्रहरीका अनुसार डाँगीको बुधबार बिहान कुलोमा डुबेर ज्यान गएको हाे ।
डाँगीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएकाे छ।