हेटौंडा अस्पतालको नव निर्मित भवनको उद्घाटन् आज राष्ट्रपति भण्डारीले गर्दै

जनपत्र
९ फाल्गुन २०७९, मंगलवार ०८:२१

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको नव निर्मित भवनको आज राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन् गर्दै हुनुहुन्छ । आज दिउसो ११ बजे राष्ट्रपति भण्डारीले नयाँ भवनको उद्घाटन् गर्ने कार्यक्रम तय भएको छ ।

आम सर्वसाधरण भने १० बजेनै अस्पताल प्राङ्गनमा पुगिसक्नु पर्ने छ । आज राष्ट्रपति आउने कार्यक्रम तय भएकाले हेटौंडा बजार क्षेत्र र अस्पताल वरपरको क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

हेटौंडा अस्पताल प्राङ्गनमा हुने कार्यक्रमको सबैजसो तयारी पुरा भएको प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईले वताउनुभयो । अस्पतालको तीन तले भवन संघीय सरकारको अनुदान ४३ करोड रुपैयाँ लागतमा अस्पतालको निर्माण भएको हो । यही भवनको उद्घाटन्का लागि राष्ट्रपति भण्डारी आज हेटौंडा आइपुग्ने समय तय भएको प्रसाईले वताउनुभयो ।

नयाँ भवन निर्माण भएसंगै हेटौंडा अस्पतालले आफ्ना सेवाहरु र जनसक्ति थप गरेर उपचारको कामलाई गुणस्तरिय बनाउँदै लगेको प्रसाईले वताउनुभयो । अस्पतालको सेवालाई प्रभावकारी बनाउनका लागि मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले हेटौंडा अस्पतालका लागि कार्यालय सहयोगी देखि डाक्टर सम्मका जनसक्ति उपलब्ध गराउने, उपचारका लागि बिभीन्न प्रबिधिहरु जडान गर्ने लगायतका काम गर्दै आएको छ । अहिले भने बागमती प्रदेश सरकारले एमआरआइ मेसिन हेटौंडा अस्पतालका लागि प्राप्त भएको छ । यसको जडानका लागि केही समय लाग्ने वताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*