हेटौंडा वडा नम्बर–४ को अध्ययन टोलीले गर्यो भोजपुरमा शैक्षिक अन्तरक्रिया

जनपत्र
८ फाल्गुन २०७९, सोमबार १७:५७

हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नं ४ को अध्ययन भ्रमण टोलीले भोजपुर नगरपालिकाको विध्योदय माविमा शैक्षिक अन्तरक्रिया गरेको छ । वर्तमान राष्ट्रपती विध्यादेवी भण्डारी अध्ययन गरेकी विध्योदय मावि जिल्ला कै अग्रिणी र नमुना विध्यालय हो । टोलीले विध्यालयको ईतिहास, शैक्षिक उपलब्धि, ल्याव, बाल कक्षा, पुस्तकालय, खेलकुद, सिकाई तथा परीक्षा प्रक्रियाबारे अन्तरक्रिया र अवलोकन गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देलले व्यवस्था परिवर्तनपछि शिक्षा, स्वास्थ्य, आ र्थिक, सामाजिक, रोजगार, वातावरणलगायतका क्षेत्रमा अबस्था परिवर्तन गर्ने अभियानमा लाग्नुपर्ने र भौतिक विकाससंगै शिक्षा विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । अन्तरक्रियामा हेटौँडा ४ नं वडा भित्रका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विध्यालय, टोल विकास संस्था, महिला जागरण समूह, युवा क्लब, सहकारी, सामाजिक संस्थाका प्रतिनिधिसहित भ्रमण टोलीका ३१ जनाको सहभागिता थियो ।

त्यस्तै, विध्योदय माविका प्रअ शिवनारायण ठाकुर, पूर्व प्रअ परशुराम तिवारी, शिक्षकहरू खोमराज धमला, यशोधारा माविका प्रअ ध्रुवराज रेग्मीलगायतको उपस्थिति रहेको श्रमिक माविका प्रअ श्रीराम दाहालले बताउनु भयो । अन्तरक्रिया शैक्षिक रूपमा उपलब्धिमूलक रहेको आधुनिक माविका व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर विकले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*