प्रदेश ३ का मुख्य न्यायाधिवक्ता थपलियाको आज सपथ हुँदै

हेटौंडा । प्रदेश नम्बर ३ को मुख्य न्यायधिबक्तामा ओम प्रसाद थपलियाको आज साढे ११ बजे प्रदेश प्रमुख कार्यालयमा सपथ हुदै छ । उहाँलाई मुख्यन्यायत्रिबक्तामा सिफारिस गरिसकिएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रिक्त मुख्यन्यायधिबक्तामा काठमाण्डौं महानगरपालिका वडा नम्बर १४ कलंकी निवासी थपलियालाई सिफारिस गर्नुभएको हो ।
गत बिहीबार मुख्यन्यायधिबक्तामा सिफारिस हुनुभएका थपलीयालाई आज प्रदेश प्रमुख अनुराधा कोइरालाको उपस्थितीमा उच्च अदालत पाटन हेटौंडा इजलासका मुख्यन्यायधिशले सपथ खुवाउने कार्यक्रम रहेको छ । मुख्य न्यायधिबक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संबैधानिक व्यावस्था छ ।२०४४ साल देखिनै अभिवक्ताबाट कानुनी क्षेत्रमा लाग्नुभएका थपलिया २०४८ सालबाट अधिवक्ताको रुपमा ओकालत पेसामा आवद्ध हुनुहुन्छ । २०७४ सालको साउन महिनामा वरिष्ठ अधिवक्ता हुनु भयो ।
नुवाकोट जिल्लाको तत्कालिन मदनपुर गाविसमा जन्मनु भएका थपलिया बषौदेखि काठमाण्डौको वासिन्दा हुनुहुन्छ । उहाँले राजनीति शास्त्रमा एमए र कानुन बिषयमा एलएलएम गनु भएको छ । तत्कालिन नेकपा एमालेको अनुशासन आयोगको सदस्य भएर काम गर्नुभएका थपलिया पार्टी भित्र रहेर कानुनी क्षेत्रको काम गर्दै आउनुभएको थियो ।
पार्टीमा लामो समय देखि काम गर्दै आएपनि महत्वपूर्ण भुमिकामा भने अनुशासन आयोगमा मात्र काम गर्नुभयो ।तत्कालिन मुख्यन्यायधिबक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजिनामा दिएपछी यो पद खाली थियो । मुख्यन्यायधिवक्ताको दौडधुपमा हेटौंडाका कानुन व्यावसायीहरु निरन्तर लागिपरेपनि उनीहरुप्रति मुख्यमन्त्री पौडेल सकारात्मक हुन नसकेपछी थपलियालाई सिफारिस गरिएको हो ।
मुख्यन्यायधिवक्ताको दौडमा काडमाण्डौ, हेटौंडा लगायतका क्षेत्रका गरी आधा दर्जन कानुन व्यावसायी लागिपरेका थिए ।मुख्य न्यायधिवक्ताका लागि हेटौंडाबाट धुर्ब पस्रसाद चौलागाईं र मुकुन्द अधिकारीले लामो समय सम्म दौड धुप गरेका थिए । तर, चौलागाईले भने राजधानीको बिषय पटक पटक उठाएको भन्दै मुख्यन्यायधिबक्ता नहुने भनेर मुख्यमन्त्रीबाट पहिलेनै जवाफ पाएका थिए । यता अधिकारी प्रति मुख्यमन्त्री पौडेल सकारात्मक भएपनि नेकपाका केन्द्रीय नेताहरुको दवाबका कारण थपलियालाई नियुक्त गरिएको मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ ।