भारतसँग २ वटा मैत्रीपूर्ण फुटबल खेलेर स्वदेश फर्कियाे नेपाली टाेली

जनपत्र
७ फाल्गुन २०७९, आईतवार १९:०४

काठमाण्डाै – भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेर आज आइतवार नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ । प्रशिक्षक अनन्तराज थापा पहिलो पटक महिला प्रशिक्षकको रूपमा नियुक्त भएपछिको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागी भएर टोली आज स्वदेश फर्किएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बाप्पोले मैत्रीपूर्ण खेल नेपाली टोलीका लागि अनुभव सँगाल्ने राम्रो अवसर भएको प्रतिक्रिया दिइन् । उनले पहिलो खेलमा पछि परेको अवस्थामा पनि पुनरागमन गर्नसक्नु टाेलीकाे प्रदर्शनमा सुधार भएको टिप्पणी गरिन् । राम्रो पुनरागमन गर्नमा सबै खेलाडीले आ–आफ्नो ठाउँबाट राम्रो खेलेको उनले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*