इजरायलद्धारा सिरियामा हवाई आक्रमण, १५ जनाको मृत्यु

जनपत्र
७ फाल्गुन २०७९, आईतवार ०७:३५

 इजरायलले आइतबार बिहानै सिरियाको राजधानी दमास्कसमा हवाई आक्रमण गरेको छ । हवाई आक्रमणले आवासीय क्षेत्रलाई निशाना बनाएको थियो ।

सिरियाको सरकारी मिडिया एजेन्सी सानाले दमास्कस प्रहरी कमाण्डको स्रोतलाई उद्धृत गर्दै आक्रमणमा १५ जनाको मृत्यु भएको र धेरै घाइते भएको बताएको छ।

राजधानी दमास्कसमा स्थानीय समय अनुसार १२ बजेर ३० मिनेटतिर ठूलो विस्फोटको आवाज सुनिएको थियो र मिडिया एजेन्सी सानाले सिरियाली वायुसेनाले पनि दमस्कस वरपर आक्रमणको जवाफ दिइरहेको बताएको छ। अर्कोतर्फ, इजरायलबाट आक्रमणको बारेमा तत्काल कुनै बयान आएको छैन। इजरायलले प्रायः दमास्कस वरपरका क्षेत्रहरूलाई निशाना बनाउँछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*