मुम्बईमा उपचाररत सांसद भण्डारीको सबै ‘पारामिटर नर्मल’

जनपत्र
६ फाल्गुन २०७९, शनिबार ११:२४

काठमाण्डाै – ग्यास सिलिन्डर चुहिएर घाइते भएका सांसद एवम् नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ ।

उपचारमा संलग्न डा. धनञ्जयले दिएको जानकारी अनुसार भण्डारीको सबै पारामिटर नर्मल रहेको छ । उहाँको हिजो दुई वटै खुट्टाको शल्यक्रिया गरिएको थियो । सांसद भण्डारी भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचारत हुनुहुन्छ ।

गएको बुधवार राति काठमाण्डौको बुद्धनगरमा रहेको निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो । उपचारका क्रममा आमा हरिकलाको निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*