सिरी ए मा शीर्ष स्थानको नापोली विजयी
इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको नापोली विजयी भएको छ ।
गयराति भएको खेलमा नापोलीले सासुलोलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै नापोलीले अंक तालिकामा २३ खेलबाट ६२ अंक बनाएको छ ।
२२ खेल खेलेको इन्टर मिलानको ४४ अंक रहेको छ भने पराजित भएको सासुलो २४ अंकका साथ १५ औं स्थानमा रहेको छ ।
गयराति नापोलीलाई जिताउनका लागि ख्विका कभरकेलीले गोल गर्दै अग्रता दिलाएका थिए ।
१२ औं मिनेटमा उनको गोलबाट अग्रता लिएको नापोलीले ३३ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो ।
भिक्टर जेम्सले गोल गरेपछि पहिलो हाफमै २–० को अग्रता लिन सफल भयो ।
तर दोस्रो हाफमा दुवै टिमबाट थप गोल नभएपछि नापोली २–० को सहज जित निकाल्न सफल भयो ।






