सरकारले कृषि क्षेत्रमा छुट्यायको बजेट न्युन छ–बागमतीका कृषि मन्त्री पोखरेल

जनपत्र
५ फाल्गुन २०७९, शुक्रबार १५:३८

मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपंशी विकास मन्त्री केशव पोखरेलले सरकारले कृषि क्षेत्रमा छुट्यायको बजेट न्युन रहेको बताएका छन् । शुक्रबार हेटौंडामा आयोजित नेपाल बीउ व्यवसायी संघ बागमती प्रदेश समितिको चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सरकारले कृषि क्षेत्रमा छुट्यायको न्युन बजेटमा मन्त्रालयले काम गर्नु परेको बताएका हुन् ।

मन्त्रायको भागमा परेको प्रदेशको ६ प्रतिशत बजेटको उपयोग गरि कृषिमा नयाँ प्रविधि भित्राउन लागेको उनको भनाइ छ । बागमती प्रदेशमा बाजो जग्गा धेरै रहेको र त्यसलाई उत्पादनमा जोड्न विउविजन संघले सहकार्य गर्नु पर्ने बताए ।

उनले प्रदेश भित्रका कृषकहरुलाई सहज रुपमा मल उपलब्ध गराउने र किसानहरुलाई व्यावसायिकताको आधारमा वर्गीकरण गरी किसान परिचयपत्र वितरण गर्ने व्यवस्था छिटो मिलाइने बताए ।

यस्तै, बीउ व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष सुवास कुमार धितालले परीक्षण भएको बीउको मात्र विक्री वितरण गर्न पाउनु पर्ने बताएका छन् । अहिले बजारमा आउने अधिकांश बीउ बिना परीक्षणको हुने भएकाले सबै बीउको परीक्षण हुनुपर्ने उनले बताए । उनले बीउविजनको खुद्रा विक्रेतालाई तालिमको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*