कालिकोटमा अत्यधिक रक्तस्रावका कारण सुत्केरीको ज्यान गयाे
अत्यधिक रक्तस्रावका कारण कालिकोटमा शनिबार एक सुत्केरीको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका– ४ रप्साकी ३० वर्षीया देवी सहकारीकोे अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको हो । ९ गते जिल्ला अस्पताल कालिकोटमा भर्ना भएकी सहकारीको उपचार सम्भव नहुने भएपछि जुम्ला लैजाँदै गर्दा शनिबार बिहान नाग्ममा बाटोमै मृत्यु भएको हो ।
शुक्रबार राति १२ बजे सहकारीले मृत बच्चालाई जन्म दिएकी थिइन् । टाउको नभएको मृत बच्चा जन्मेपछि अत्यधिक रगत बगेकाे र अस्पतालमा भएको रगत चढाइए पनि रगत बग्न नरोकिएपछि जुम्ला रिफर गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरटेन्डेन्ट डा भिष्म पोख्रेलले बताउनुभयाे ।