नाकले पानी पिएर आखाँबाट धारा बगाउने अनाैँठा व्यक्ति (भिडियाे)

मान्छेमा पनि अद्भुत किसीमका क्षमता हुन्छन् जसका कारण तपाई हामी जस्ता सामान्य मानिसहरुलाई चकित बनाईदिन्छ । सामान्यतया कहिलेकाही झुक्किएर नाकबाट पानी पस्यो भने पनि हामीलाई स्वासप्रश्वासमा असहज हुन्छ तर चिनमा भने एकजना व्यक्तिले नाकबाट पानी पिएर आखाँबाट सजिलै निकालेर सबैलाई चकित पारेका छन् ।
चीनमा एकजना व्यक्तिको अनौठो क्रियाकलापको भिडियो अहिले निकै चर्चामा छ । कुङ्ग फू खेलका प्रशिक्षक समेत रहेका झांग येलियांग नामक ती व्यक्तिमा यस्तो अद्भुत क्षमता छ कि उनले नाकबाट पानी वा दुध पिएर आँखाबाट निकाल्न सक्दछन् ।
उनले आँखाबाट पानीको यस्तो पिचकारी निकाल्दछन् कि कहिलेकाहीँ त त्यो पानीले गमलाको विरुवामा सिँचाई नै गर्न सकिन्छ । नाकले पानी वा दुध पिएर आँखाबाट पिच्कारी फालेको उनको भिडियो निकै भाइरल बनिरहेको छ । आफ्नो त्यो क्षमता एउटा प्राचीन कला रहेको उनको दाबी छ । उनले पछिल्लो १० वर्षदेखि यो काम गर्दै आएका छन् ।
आँखाबाट उनले फ्याँकेको दुध वा पानी ५.५ फिटसम्म टाढा पुग्दछ । उनले निकै कडा मेहेनत गरेर यस्तो क्षमता हासिल गरेका हुन् । तर त्यो कार्य निकै खतरनाक र पीडादायक भएको हुनाले त्यसको सिको नगर्न उनी आग्रह गर्दछन् । उनी पेशाले मार्सल आर्टका खेलाडी हुन् ।
न्युज24 बाट साभार