हेटौंडाको मयुरधापमा रहेको औद्योगिक क्षेत्र निर्माणको काम तत्काल थालिने, काठमाण्डौंका उद्योगलाई सारिने

जनपत्र
५ फाल्गुन २०७९, शुक्रबार ०७:४६

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ मयुरधापमा रहेको औद्योगिक क्षेत्र निर्माणको काम तत्काल थालिने भएको छ । मकवानपुरका सांसद र एमालेका नेताहरुको टोलिले उद्योगमन्त्री दामोदर भण्डारी संगको भेटको क्रममा मयुरधापमा निर्माण गर्न लागिएको औद्योगिक क्षेत्रको काम तत्काल अगाडी बढाइने भएको हो ।

यहाँ औद्योगिक क्षेत्र निर्माण भएपछी काठमाण्डौंको बालाजुका उद्योगहरुलाई मयुरधाप औद्योगिक क्षेत्रमा सार्ने पनि तयारी गरिएको मन्त्रीसंगको भेटका क्रममा छलफल भएको मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार वर्तौलाले वताउनुभयो ।

२०७२ सालमा मयुरधापमा औद्योगिक क्षेत्र घोषणा भइ प्रारम्भिक काम समेत आरम्भ भएको हेटौंडाको मयुरधाप औद्योगिक क्षेत्र हाल अलपत्र अवस्थामा रहेकाले सांसद बर्तौला, राष्ट्रिय सभाका सांसद रामचन्द्र राइ, नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य श्रीधर पोख्रेल, एकराज उप्रेती, बलराम बल लगायतकाको टोलिले मन्त्री भण्डारीसंग भेट गरेको हो । त्यतीबेला जस्तो अवस्थामा थियो अहिले पनि मयुरधाप औद्योगिक क्षेत्र निर्माणको काममा मध्यवर्ति क्षेत्रका कारण थप समस्या परेको हो ।

यस विषयमा अर्थ मन्त्री बिष्णु पौडेलसंग पनि छलफल गरिएको सांसद वर्तौलाले वताउनुभयो । यस औद्योगिक क्षेत्रलाई आवस्यक भौतिक तथा अन्य पुर्वाधारहरुको बिकास मार्फत अबिलम्ब संचालन गरि नयाँ उद्योगहरुको स्थापना हुने बाताबरणको सुनिश्चितता गराउन उद्योग मन्त्रीसँग छलफल गरिएको हो । तर, यस औद्योगिक क्षेत्र मध्यवर्ती इलाकाभित्र पर्ने भन्दै बन मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउन आज सम्म पनि अवरोध गरिरहेको पाइएको छ ।

मध्यवर्ती क्षेत्रको नामबाट पुर्याइएको यस अवरोध लाई छिटोभन्दा छिटो समाधान गर्दै औद्योगिक क्षेत्र संचालनको सुनिश्चितता गर्न मिहिनेतजा साथ अघि बढ्नुपर्ने उहाँले वताउनुभयो । यसैगरी सांसद सहितको टोलीले उद्योग मन्त्रीसंग हेटौंडा सिमेन्ट उद्योग बन्द भइरहने सधैको समस्या समाधान गर्नका लागि पनि आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*