पत्नी बोकेर दौडिने प्रतियोगिता लगातार दोस्रोपटक जित्यो लिथुआनियाली जोडीले (भिडियो)

लिथुआनियाको एक जोडीले लगातार दोस्रो वर्ष पत्नी बोकेर दौडिने प्रतियोगिता जितेको छ । पुरुषहरूले पत्नी बोकेर काठमाथिबाट हाम्फाल्नुपर्छ र कम्मरसम्म आउने पानीमा हेलिनुपर्छ । विजेताले पत्नीको तौल बराबर बीयर पाउँछन् ।
भीताउतास किर्कलियाउकास र उनकी पत्नी नेरिंगा किर्कलियाउकासले २५३.५ मिटरको कठिन दौड १ मिनेट ६.७२ सेकेन्डमा पूरा गरेका थिए । ६ पटक विश्वविजेता बनेका फिनल्यान्डका ताइस्तो मिएट्टिनेन र उनकी नवपत्नी कात्या कोभानेनलाई किर्कलियाउकास जोडीले एक सेकेन्डको दशौं भागले हराएका हुन् ।
फिनल्यान्डको राजधानी हेल्सिन्कीबाट ३०० माइल उत्तरमा रहेको सोन्काजार्वीमा बर्सेनि हुने यस प्रतियोगितामा अस्ट्रेलिया, फ्रान्स र जर्मनी लगायतका एक दर्जन देशबाट प्रतियोगीहरू भाग लिन आउँछन् ।
एजेन्सी