कपाल झर्ने समस्या छ भने श्याम्पूसँगै लगाउनुस् यी कुरा

कपालको सफाइ र सुन्दरतालाई ध्यानमा राख्दै तपाईंले अनेकौं श्याम्पू र कन्डिसनर प्रयोग गरिसक्नुभएको होला । तर सामान्य श्याम्पूमा केही चीज मिसाउँदा नै कपाल केही दिनमै सुन्दर, नरम र चम्किलो भइदिन्छ ।
यहाँ हामी श्याम्पूमा मिसाउने चीजहरूको बारेमा बताउनेछौं ।
चायाँ
धेरै मानिसलाई कपालमा चायाँको समस्या हुन्छ । यसबाट छुटकारा पाउन श्याम्पूमा दुई ठूला चम्चा कागतीको रस मिसाएर टाउको दल्नुस् । श्याम्पूलाई कपालमा तीनदेखि चार मिनेट छोड्नुस् । यसो गर्दा टाउको चिलाउने, चायाँ हुने र दाद आउने समस्या पनि हट्छ ।
कपाल झर्ने
कपाल झर्ने समस्या भएका महिलाले श्याम्पूमा दुई चम्चा अमलाको रस मिसाएर कपाल नुहाउनुपर्छ । यसले कपाल बलियो हुन्छ अनि लम्बाइ पनि बढ्छ । पातलो वा कमजोर कपाल हुने महिलाले यो उपाय अवश्य अपनाउनुहोला ।
गहिरो सफाइ
श्याम्पूले कपाललाई माथिमाथि मात्र सफा गर्ने हो । तर कपालको गहिरो सफाइ गर्ने हो भने श्याम्पूमा चिनी मिसाएर हेयर स्क्रबर जस्तो गरी प्रयोग गर्नुपर्छ । यसो गर्दा कपाल सफा हुन्छ अनि चम्किलो पनि हुन्छ ।
कपाल टल्काउन
श्याम्पू गरेपछि कपाल टल्काउनका लागि घिउकुमारीको जृल उपयोग गर्नुस् । यसले कपाल चम्किलो बनाउनुका साथै नरम पनि बनाउँछ र चायाँ पनि हटाउँछ ।
कपालको दुर्गन्ध हटाउन
गर्मीमा पसिनाका कारण कपाल गनाउने समस्या हुन्छ । श्याम्पूमा दुई चम्चा गुलाफपानी मिसाएर नुहाउँदा गनाउने समस्या हट्छ । यसले कपाल चिप्लो र चमकदार पनि हुन्छ ।
एजेन्सी