चियाकफी तात्तातै पिउने गर्नुभएको छ भने हुन्छन् यस्ता हानि

जनपत्र
१२ श्रावण २०७६, आईतवार ०६:१८

केही मानिस चिया वा कफी तात्तातै पिउन मन पराउँछन् । तर यस्तो स्वभावले स्वास्थ्यलाई हानि गर्छ । इन्टरनेसनल जर्नल अफ क्यान्सरले गरेको अध्ययनमा अत्यधिक तातो कफी वा चिया पिउँदा एसोफेगल वा खाद्यनलीको क्यान्सरको सम्भवाना बढ्छ ।

तातो खाँदा खाद्यनलीमा असामान्य कोशिकाहरू अनियन्त्रित रूपमा बढ्न थाल्छन् । धेरैजसो मानिसलाई ६० वर्षको उमेर पुगेपछि मात्र यो क्यान्सरको बारेमा थाहा हुन पुग्छ । क्यान्सर बाहेक पनि स्वास्थ्य समस्या पनि यसले निम्त्याउँछ । त्यसैले चिया वा कफी अलिक सेलाएपछि मात्र पिउने बानी बसाल्नुपर्छ ।

तातो खानेलाई पेटका अनेकौं रोग पनि लाग्छन् । पेट दुख्ने, कब्जियत हुने, वाक्क आउने, दिसामा रगत आउने समस्या पनि यसबाट हुन्छ । अल्सर पनि यसले गराउँछ ।

धेर तातो चिया वा कफी पिउँदा रगतलाई पनि हानि गर्छ । शरीरमा रक्ताल्पता यसले गराउँछ । लगातार तौल कम हुने, खाना निल्न गाह्रो हुने, छाती पोल्ने, खोकी लाग्ने र स्वर सुक्ने समस्या पनि यसबाट आउँछ ।

चियाले शरीरमा मेटाबोलिजम कम गरेर भोक मेटाइदिन्छ । यसले खाद्यनली बिगारिदिन्छ र अनेकौं समस्या निम्त्याउँछ । नलीमा घाउ वा फोका यसले ल्याइदिन्छ । धेर तातो चिया पिउँदा गुप्तांगमा पनि समस्या आउँछ । यौन क्षमता पनि यसले घटाउँछ ।

अति तातो र धेरै कप चिया पिउँदा दाँतमा पनि समस्या देखापर्छ । दाँत पहेंलो समस्या पनि देखिन्छ ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*