बागमती प्रदेशमा आजदेखि ७० अंक ल्याए ‘ट्रायल पास’, मन्त्री श्रेष्ठद्वारा शुभारम्भ

जनपत्र
२ फाल्गुन २०७९, मंगलवार १३:३०

हेटौंडा / बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले अब ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास हुने व्यवस्थाको आज शुभारम्भ गर्नु भएको छ । काठमाण्डौंमा आयोजित कार्यक्रमबाट मन्त्री श्रेष्ठले यस कार्यक्रमको शुभारम्भ गरे ।

बागमती प्रदेशभरि एकैपटक ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास हुने प्रणाली लागू हुने भएको हो। प्रदेश सरकारले आजदेखि यातायात व्यवस्था विभागबाट जारी निर्देशिका,२०७७ लागू गर्न लागेको हो। काठमाडौको गुर्जुधारामा रहेको ट्रायल सेन्टरबाट मन्त्री श्रेष्ठले नयाँ मापदण्डको सुभारम्भ गरेका छ्न ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भक्तपुरमा रहेको यातायात व्यवस्था कार्यालयमा ७० अंक ल्याए सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल पास हुने व्यवस्थाको आरम्भ गरेका हुन्।​

काठमाण्डौं स्थित ट्रायल सेण्टरवाट मन्त्री श्रेष्ठले रिवन काटेर उक्त प्रणालीको शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रदेशका प्रमुख सचिब मुकुन्द प्रसाद निरौलाको आतिथ्यता रहेको थियो । सवारी चालक अनुमति पत्रको लागि उर्तीण हुनक लागि १०० नंबरमा १०० नंबरनै ल्याउनुपर्ने व्यवस्था अवैज्ञानिक तथा अव्यवहारिक रहेको भन्दै मन्त्रालयले आजबाट यो व्यवस्था लागू गरेको हो ।

कुनैपनि परिक्षामा सत्प्रतिशत अंक ल्याउँदा मात्र उर्तिण हुन पाउने व्यवस्था निकै अव्यवहारिक रहेको र यस्ले समग्र यातायात क्षेत्रलाईनै समस्यामा पार्ने देखिएपछि आफुले मन्त्रालयमा कार्यभार सम्हालेदेखि ७० अंकको विषयलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाएको र सोहि अनुसार मंगलबारबाट यो प्रणालीको सुरुवात गरेको मन्त्री श्रेष्ठको भनाई रहेको छ ।

सानो त्रुटिमा पनि फेल गराउदा लाइसेन्स वितरणमा ढिलाई हुनुको साथै चालकहरुले अवैधानिक रुपमा लाइसेन्स निकाल्ने प्रकरण बढेको देखिएपछि आफुहरुले नयाँ व्यवस्था लागु गरेको मन्त्री श्रेष्ठको भनाई रहेको छ । मन्त्री श्रेष्ठले भने ‘अब सानोतिनो गल्ति गर्दैमा सवारी चालक अनुमति पत्रको लागि पुनः ट्रायल दिनुपर्ने समस्याको समाधान भएको छ, यो व्यवस्थाले सवारी चालक अनुमतिपत्रको सन्र्दभमा हुँदै आएका समस्यालाई न्यूनिकरण गर्दै जाने विश्वास लिएको छु ।’

बागमती प्रदेशमा रहेका ११ वटा यातायात ब्यवस्था कार्यालय मध्य सवारी चालक अनुमती प्रदान गर्ने सम्पूर्ण सेवाकेन्द्रहरुले एकैपटक मंगलबारबाट ७० अंकमा ट्रायल पास हुने व्यवस्था गरेका छन ।

ट्रायल पास हुन ७० अंक ल्याए पुग्ने प्रणाली लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार एक सय तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ । बागमती प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेडचालकका लागि घुमाउरो ८ ९एट० आकार को अंकभार २० तोकिएको छ । दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येकपटक पाँच अंकका दरले १० अंकभार घट्नेछ, तर पनि ट्रायल भने फेल भइँदैन ।

फागुन १ गते नै सबै कार्यालयबााट सेवा सञ्चालन गर्ने भनिए पनि सार्वजनिक बिदा परेकोले मंगलबार सेवा सुरु गर्न लागेको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ। यसअघि सोमबार चाबहिलस्थित कार्यालयको ट्रायल सेन्टरबाट उपत्यकाका ट्रायल परीक्षा लिने कार्यालयका प्रमुख एवं सम्बन्धित कर्मचारी र श्रम, रोजगार तथा यातायात मन्त्रीको उपस्थितीमा डेमो समेत गरिएको थियो। मंगलबारबाट चावहिल, राधेराधे, ठूलेभर्याङ र हेटौडा स्थित कार्यालयवाट ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली लागू भएको छ। एकान्तकुनामा केही व्यवस्थापकीय कार्य पूरा नभएकोले केही दिन पछिमात्र यो व्यवस्था बमोजिम ट्रायल परीक्षा शुरू गरिने जनाइएको छ। प्रदेशको वर्तमान श्रम, रोजगार तथा यातायात मन्त्री श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै यो प्रणाली लागू गर्न तदारुकता देखाएका थिए। उनकै पहलमा मंगलबारबाट प्रदेशभर यो प्रणाली लागू भएको छ। अन्य प्रदेशमा लागू भइसकेको प्रणाली बागमती प्रदेशमा मात्रै रोक्न नहुने भन्दै मन्त्री श्रेष्ठले मंगलबारदेखि बागमती प्रदेशमा पनि यो प्रणाली लागू गर्ने बताए। सानो त्रुटीमा पनि फेल गराउँदा लाइसेन्स वितरणमा ढिलाइ हुनुको साथै चालकहरूले अवैधानिक रूपमा लाइसेन्स निकाल्ने प्रकरण बढेको उनको भनाइ छ।

यो प्रणालीमा मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार १०० तोकिएको छ। त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिनेछन्। प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो ८ (एट आकार) को अंकभार २० तोकिएको छ। दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन। दुई पटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा धेरैपटक खुट्टाले भुईँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट ८ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था गरिएको छ।

साँघुरो फलेकको अंकभार १० तोकिएको छ। साँघुरो फलेकमा खुट्टाले भुईँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछन्। निर्देशिकामा यु–टर्नको अंकभार १० तोकिएको छ। टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ। त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन्। ट्राफिक संकेतका लागि १५ अंकभार तोकिएको छ। ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइनेछ। निर्देशिकामा उबडखाबडको अंकभार १५ तोकिएको छ। एकपटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अंकभार घटाइनेछ। एकपटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन्।

त्यसैगरी उकालो ९र्‍याप० को अंकभार २० तोकिएको छ। त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ। कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अंकभार १ सय तोकिएको छ। जसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ। निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो ८ (एट) को अंकभार २० तोकिएको छ। दुईपटकसम्म अंकित रेखा छोए प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन। दुईपटकभन्दा बढी अंकित रेखा छोए, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट ८ आकार नबनाएकोमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ।

निर्देशिकामा ट्राफिक संकेतको अंकभार १५ तोकिएको छ। पालना नगरे १५ अंक घट्ने प्रावधान राखिएको छ। त्यसैगरी यु–टर्नको अंकभार १० तोकिएको छ। टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अंकभार घटाइनेछ। अंकित रेखा छोएको खण्डमा भने प्रशिक्षार्थी अनुत्तीर्ण हुनेछन्। चारपांग्रे सवारीचालकलाई ¥याम ९उकालो०का लागि अंकभार १५ तोकिएको छ। तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारीसाधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एकपटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछ। ग्यारेज पार्किङको अंकभार १० तोकिएको छ। त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*