एकीकृत समाजवादीले पनि राष्ट्रपतिको उम्मेदवार उठाउनसक्छ : खनाल

जनपत्र
२ फाल्गुन २०७९, मंगलवार १३:२४

धनगढी । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेको सत्ता गठबन्धन भत्किने सम्भावना नरहेको बताएका छन् ।

मंगलबार प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले भने, ‘अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने त्यस्तो केही सम्भावना देखिरहेको छैन् ।’

उनले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने उल्लेख गरे । राष्ट्रपतिमा  तपाईंको पनि चर्चा चलेको छ नि भन्ने जिज्ञासामा खनालले भने, ‘चर्चा गरिदिएकोमा धन्यवाद ।’

राष्ट्रपतिको निर्वाचनको हकमा भने सबै राजनीतिक दलले सुझबुझपूर्ण तरिकाले निर्णय लिनुपर्ने उनको भनाइ छ । ‘राष्ट्रपतिको निर्वाचन भनेको महत्वपूर्ण एजेन्डा हो । यसमा सबै राजनीतिक दलले सुझबुझ र बडो दुरदर्शिताका साथ संविधानको मर्म, हामीले स्थापित गरेको लोकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो व्यक्तित्वलाई पदमा पुगाउनुपर्छ,’ खनालले भने, ‘त्यसका लागि सबै पार्टीहरू राम्रोसँग समन्वयका साथ अघि बढ्नुपर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*