प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतबीच भेटवार्ता

जनपत्र
२ फाल्गुन २०७९, मंगलवार १२:२९

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सदृढ बनाउने, आर्थिक सहयोग आदानप्रदानलगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको थियो।

भेटवार्तामा ईपीएसमार्फत् अझ बढीभन्दा कामदार कोरिया लैजाने, दक्षिण कोरियाबाट नेपालमा प्राप्त सहयोग बढाउने विषयमा पनि छलफल भएको थियो। आउँदाे वर्ष नेपाल र दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध सुरु भएको ५० वर्ष पुग्ने भएकाले त्यसलाई भव्यताका साथ मनाउने विषयमा पनि छलफल भएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*