हेटौंडामा बिद्युत सर्ट भइ थिङको घरमा आगलागी

जनपत्र
२ फाल्गुन २०७९, मंगलवार ०८:२०

हेटौंडा । हेटौंडामा बिद्युत सर्ट भएर एक घरमा आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ सरस्वती पाखा टोल स्थित रोशनी थिङको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

थिङको ब्लक र जस्ताको छानो भएको एक तले कच्चि घरमा अचानक बिद्युत लाईन सर्ट भई आगोलागी भएको प्रहरीले जनाएको छ । आगलागी भएपछी स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घर भित्र रहेको अन्नपात, कपडा, फर्निचरहरु जलि नष्ट भएको र चार लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*