मकवानपुरगढीका बाढीपहिरो प्रभावितलाई तरुण दलको राहत

हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर–१ का बाढी पहिरो पीडित परिवारलाई नेपाल तरुण दल मकवानपुरगढी गाउँपालिका समितिले राहत हस्तान्तरण गरेको छ । पहिरोका कारण घर भत्किनुका साथै अन्नपातसमेत पुरिएका पीडित परिवारलाई अस्थायी बसोबासको लागि त्रिपाल र खाद्यान्न सहयोग गरिएको हो ।
तरुण दलले मकवानपुरगढी–१ का रानीसेरा, जरायोटार, पराजुली डाँडा, आँपटार, अन्नपानी,डाँडागाउँ, लो डाँडालगायतको स्थानका ३५ घरधुरीलाई प्रति परिवार एकबोरा चामल र त्रिपाल सहयोग गरेको हो । तरुण दल मकवानपुरगढी गाउँपालिका अध्यक्ष सानुकान्छा थिङको अध्यक्षतामा भएको कार्यक्रममा तरुण दल मकवानपुरका सचिव सचित थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस पूर्व जिल्ला सदस्य बलराम घिमिरे, क्षेत्रीय सचिव सुवास सिंह लो, पार्टी तरुण विभाग सदस्य राजकुमार गोले, मकवानपुरगढी गाउँपालिका–१ का निर्वाचित अध्यक्ष आइतसिं लो, २ नम्बरवडाध्यक्ष बखानसिं पाख्रिनलगायतको आतिथ्यता रहेको थियो । १ नम्बर वडाध्यक्ष आइतसिंह लो ले बाढी पहिरोका कारण धेरै स्थानीय प्रभावित भएको भन्दै उनीहरुको बासस्थानको व्यवस्थापन र राहतको लागि गाउँपालिका र जिल्ला प्रशासनमा विवरण पठाइएको जानकारी दिए ।