हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीका दुवै सडक दुई महिनाका लागि बन्द

जनपत्र
१ फाल्गुन २०७९, सोमबार १०:११

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीका दुईवटै सडक आजदेखि २ महिनाका लागि बन्द गरिएको छ ।

हेटौंडाबाट भिमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक र हेटौंडाबाट भिमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक निर्माण थालिएकाले आजदेखि दुई महिनासम्मका लागि बन्द गरिएको हो ।

वैकल्पिक सडकको रुपमा कान्ति लोकपथ र थानकोट–चित्लाङ्ग-मार्खु–कुलेखानी–भिमफेदी खण्डबाट यातायात सञ्चालन गर्ने र यी समग्र कामको समन्वय भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्ने निर्णय भएको छ । हेटौँडा–काठमाण्डौ छोटो दूरीको मार्ग अन्तर्गत ठाउँठाउँमा निर्माणका कामहरु भइरहेका छन् ।

यो छोटो दूरीको मार्ग निर्माण गर्नका लागि बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका कार्यालयहरुले विभिन्न ठाउँमा ठेक्का लगाएर काम भइरहेका छन् । यो सडक अन्तर्गत भैँसे–भिमफेदी खण्ड, हेवी कलङ्की–हुमाने खण्ड र हुमाने–फर्पिङ खण्डको सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली खण्डको निर्माण कार्य भइरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*