प्रधानमन्त्रीलाई शेखर कोइरालाको प्रश्न- बिदा कटौती गरौं भन्ने, संविधानले नचिन्ने ‘जनयुद्ध दिवस’ मा बिदा दिने?

जनपत्र
१ फाल्गुन २०७९, सोमबार ०७:५७

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिएर सरकारले के सन्देश दिन खोजेको हो भन्दै प्रश्न गरेका छन्।

सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिने निर्णय गरेपछि आलोचना हुँदै आइरहेको छ।

‘एकातिर स्वयम प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संविधानले चिन्दै नचिनेको जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ,’ कोइरालाले आज बिहान ट्वीट गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि सार्वजनिक बिदा धेरै भएको भन्दै कटौती गर्नुपर्ने अभिव्यक्ति दिएका थिए। त्यसतर्फ कोइरालाले ध्यानाकर्षणसमेत गराएका छन्।

‘जनयुद्ध दिवस’ मा बिदा दिएर सरकारले जनतासामु के सन्देश दिन खोजेको हो भन्ने प्रश्न पनि कोइरालाको छ। ‘देश कता जाँदैछ, कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिँदैछरु,’ उनले प्रश्न गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*