कोइलाको अभावमा हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द
काठमाण्डाै – कोइलाको अभावमा हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ । उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आपूर्तिको बोलपत्र आह्वान गरेर पहिलो र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला ल्याउने क्रममा रहेको जनाएको छ ।
उद्योगमा पर्याप्त कोइला भण्डारण गरेपछि आउँदो ५ गतेभित्र सिमेन्ट उत्पादन गर्ने तयारी गरिएको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगले गुणस्तरीय कोइला भारत, इन्डोनेसिया, भुटान र पाकिस्तानबाट आयात गरी ल्याउँदै गरेको जानकारी दिनुभयो ।
उद्योगबाट उत्पादित सिमेन्ट काठमाण्डौ, हेटौँडालगायत सहरमा आपूर्ति भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ ।