निर्माण व्यावसायीसंघको अधिवेशन, मन्त्री श्रेष्ठ द्वारा उद्घाटन्

जनपत्र
२८ माघ २०७९, शनिबार १९:३७

हेटौंडा । निर्माण व्यावसायी संघ मकवानपुरको २३ औं साधारण सभा तथा ११ औं अधिवेशन सुरु भएको छ । अधिवेशनको बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले उद्घाटन् गर्नुभयो । कार्यक्रमको उद्घाटन् गर्दै मन्त्री श्रेष्ठले आफुले निर्माण क्षेत्रमा परेका व्यावसायीहरुको समस्या समाधानमा सहयोग गर्ने वताउनुभयो । अधिवेशनले सक्षम नेतृत्व चयन गर्न पनि आग्रह गर्नुभयो ।

निर्माण व्यावसायी संघ मकवानपुरका अध्यक्ष श्याम सुन्दर ढकालको अध्यक्षतामा साधारण सभा भएको हो । आगामी नेतृत्वका लागि दुइ वटा प्यानलनै बनाएर चुनावी प्रतिस्पर्धामा निर्माण व्यावसायीहरु रहेका छन् ।

साधारसभाका क्रममा गोरखापत्रका मकवानपुर संवाददाता राममणि दाहाल र कान्तिपुर राष्ट्रिय दैनिकका संवाददाता सुवास बिडारी र समृद्ध समाजका सम्पादक शुरेश श्रेष्ठलाई सम्मान गरेको छ । तीनै जनालाई जनही नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । पत्रकारिता क्षेत्रमा क्रियाशील भएर सामाजिक लगायत विषयहरुको उठान गरी आर्थिक, सामाजिक तथा निर्माण व्यवसायी क्षेत्रमा सहयोग पु¥याएको भन्दै सम्मान गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*