अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेटमा भारत विजयी

जनपत्र
२८ माघ २०७९, शनिबार १५:४५

unn.prixa.net

काठमाण्डौ – अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेट भारतले जितेको छ । नागपुरमा भएको खेलमा भारत एक पारी र एक सय ३२ रन ले विजयी भएको हो ।

पहिलो पारीमा दुई सय २३ रनले पछि परेको अष्ट्रेलिया आज दोस्रो पारीमा ९१ रनमै अलआउट भयो । दोस्रो पारीमा अष्ट्रेलियाका स्टेभिन स्मिथले सर्वाधिक २५ रन बनाउनुबाहेक अरुले गतिलो ब्याटिङ गरेनन् ।

भारतका रविचन्द्रन आश्विनले पाँच तथा मोहम्मद शामी र रवीन्द्र जडेजाले २/२ विकेट लिए । यसअघि अष्ट्रेलिया पहिलो पारीमा एक सय ७७ रनमा अलआउट भएको थियो भने भारतले चार सय रन बनाएको थियो ।

४ खेलको टेष्ट र तीन खेलको एकदिवसीय शृङ्खला खेल्न अष्ट्रेलिया भारत भ्रमणमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*