रुसद्वारा युक्रेनमा क्षेप्यास्त्र र ड्रोन आक्रमण, ६१ वटा क्षेप्यास्त्र खसालेको युक्रेनकाे दाबी

जनपत्र
२८ माघ २०७९, शनिबार ०९:३९

unn.prixa.net

रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । पूर्वी क्षेत्रमा प्रभाव जमाउने उद्देश्यका साथ रुसले हवाई आक्रमण गरेको हो । रुसी सेनाले ७१ वटा क्रुज मिसाइल, ३५ एस–३०० मिसाइल र सात शाहेद ड्रोन प्रहार गरेको युक्रेनका सैन्य प्रमुख जनरल भ्यालेरी जालुज्नीले बताउनु भएको छ ।

रुसले युक्रेनको औद्योगिक क्षेत्रलाई आक्रमणकाे निशाना बनाएको छ । विशेष गरी लुहान्स्क र डोनेस्क प्रान्त रुसको निशानामा परेका छन् । आफ्नो ऊर्जा प्रणालीलाई नष्ट गर्न रुस लागिपरेको युक्रेनी अधिकारीहरूको आरोप छ । युक्रेनी वायुसेनाले आफ्नो प्रतिरक्षा प्रणालीले ७१ वटा रुसी क्षेप्यास्त्रमध्ये ६१ वटा खसालेको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घमा आबद्ध देश तथा अन्य आफ्ना सहयोगीलाई थप हतियार उपलब्ध गराउन आग्रह गर्नु भएको छ । साथै उहाँले युक्रेनलाई शीघ्र सङ्घको सदस्यता प्रदान गर्न अनुरोध पनि गर्नु भएको छ ।

युक्रेनमाथि आक्रमण भएको एक वर्ष पुग्ने दिन अर्थात् आउँदो २४ तारिखमा रुसले भीषण आक्रमण गर्ने अनुमान गरेको युक्रेनले आफ्नो सैन्यस्थिति सुदृढ तुल्याउन थप हतियार सहायता माग गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*