मकवानपुरका सांसदहरुको टोली बाढी पीडित वस्तीमा

हेटौंडा । मकवानपुरको दुई गाउँपालिकामा बाढी, पहिरोे पीडितको समस्या बुझ्नका लागि संघिय अर्थ समितिका सभापति तथा मकवापुर क्षेत्र नम्बर १ का सांसद कृष्णप्रसाद दाहालको नेतृत्वमा अनुगमन गरिएको छ । जिल्लाको बकैया र बागमती गाउँपालिकामा बाढी, पहरोको पु¥याएको समस्या बुझनका लागि सभापति दाहाल, राष्ट्रिय सभाका सांसद रामचन्द्र राई, प्रदेश ३ का सांसद प्रेमबहादुर पुलामी,नेकपाका नेता अणराज जर्गामगर लगायतकाले अनुगमन गरेका हुन् ।
सांसदहरुको टोलीले बकैया गाउँपालिकाको जुरेली खोलाले स्थानीयलाई पारेको समस्या र बागमती गाउँपालिकाको फापरबारी बजार क्षेत्र, पाँचपाण्डपको तल्लो बजार क्षेत्रको अनुगमन गरेको हो । अनुगमनका क्रममा सबै भन्दा चुनौती भनेको फापरबारी बजारनै बाढीको जोखिममा रहेकोले संरक्षण गर्नुपर्ने अवस्था रहेको सभापति दाहालले बताउनुभयो । दुबै गाउँपालिकामा खोलाले खेतियोग्य जमिन कटान गरेको उहाँले बताउनुभयो । फापरबारी बजार संगै पाँच पाण्डप क्षेत्रपनि बाढीको उत्तिकै जोखिममा रहेको उहाँले बताउनुभयो ।