फेब्रुअरी १४ मा ‘काउ हग डे’ मनाउने अपिल फिर्ता

जनपत्र
२८ माघ २०७९, शनिबार ०७:३५

चौतर्फी आलोचनापछि भारतको पशु कल्याण बोर्डले १४ फेब्रुअरीमा ‘काउ हग डे’  (गाईसँग अंगालो दिवस)मनाउने अपिल फिर्ता लिएको छ। बोर्डले शुक्रबार विज्ञप्ति जारी गर्दै मत्स्यपालन, पशुपालन तथा दुग्ध मन्त्रालयको निर्देशनमा पशु कल्याण बोर्डले जारी गरेको अपिल फिर्ता लिएको जनाएको हो ।

बोर्डको यो अपिलको चौतर्फी आलोचना भएको थियो र विपक्षीहरूले वास्तविक मुद्दाबाट ध्यान हटाउन यसो गरिएको आरोप लगाएका थिए । टीएमसी सांसद महुआ मोइत्राले ट्वीट गरेकी थिइन्, ‘अब सरकारले हाम्रो भ्यालेन्टाइन डेको लागि पनि योजना बनाएको छ।’ हरेक वर्ष १४ फेब्रुअरीमा विश्वभर भ्यालेन्टाइन डे मनाइन्छ ।

FomiF5takAECntJ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*