बिना इन्सुलिन सम्भव छ त चिनी रोगको उपचार ?

चिनी रोग भनेर चिनिने मधुमेयको उपचारमा चिकित्सकहरुले महत्वपूर्ण खोज गरेको दावी गरेका छन् । भारतीय चिकित्सकको एक समूहले मधुमेयको उपचारका लागि नयाँ तथ्य पत्ता लगाएको दावी गरेका हुन् ।
चिकित्सकहरुका अनुसार यो खोजबाट मधुमेयको प्रकार पत्ता लगाएर सजिलै उपचार गर्न सकिने विधि पत्ता लागेको छ । सामान्यतया मधुमेयका बिरामीले इन्सुलिन लिनुपर्ने हुन्छ । तर मधुमेय टाइप–१ को उपचार इन्सुलिन नलिएरै सम्भव छ ।
‘बीएमसी मेडिकल जेनेटिक्स’ जर्नलमा ‘मेच्योरिटी अनसेट डायबीटीज अफ द योङ्ग’ (एमओडीवाइ) नामबाट प्रकाशित यो शोधमा अनुसन्धानकर्ताहरुले मधुमेय (डाइबेटिज)को प्रकार उल्लेख गरेका छन् ।
चिकित्सकहरुले बताएका छन् कि सामान्यतया डाइबेटिज दुई प्रकारको हुन्छ । डाइबेटिज टाइप–१ को समस्या युवा तथा बच्चाहरुमा हुन्छ । यसमा रोगीहरु कमजोर हुन्छन् । चिकित्सकहरुले यस्ता बिरामीलाई सामान्यतया जीवनभर इन्सुलिन इन्जेक्सन लिनुपर्ने सल्लाह दिन सक्छन् ।
डाइबेटिज टाइप–२ बाट सामान्यतया वयस्क मानिसहरु प्रभावित हुने गर्छन् । र बिरामीको अन्तिम अवस्थालाई छाडेर हाइपरग्लाइकेमियालाई नियन्त्रण गर्न इन्सुलिनको आवश्यकता पर्दैन ।
एमडीआरएफका निर्देशक डा. वी मोहन भन्छन्, ‘(एमओडीवाइ) जस्तो डाइबेटिजको मोनोजेनिक प्रारुप पत्ता लाग्नुको महत्व सही जाँचसम्म हुन्छ । किनकी बिरामीहरुलाई अक्सर गलत तरिकाले टाइप–१ डाइबेटिजबाट पीडित भएको बताइन्छ । र उनीहरुलाई अनावश्यक रुपमा पूरा जिन्दगीभर इन्सुलिन इन्जेक्सन लिन सल्लाह दिइन्छ । एकपटक (एमाओडीवाइ) पत्ता लाग्यो भने यसको धेरैजसो प्रारुपमा इन्सुलिन इन्जेक्सनलाई पूर्ण रुपमा रोक्न सकिन्छ । र यस्ता बिरामीको उपचार सल्फोनिलयूरिया नामक ट्याबलेट (औषधि) बाट गर्न सकिन्छ, जो धेरै सस्तो पनि हुन्छ । यो ट्याबलेटको प्रयोग दशकौंदेखि सुगर रोगको उपचारका लागि हुँदै आइरहेको छ ।’
एमडीआरएफकै जेनोमिक्स प्रमुख डा. राधा वेंकेटेशन यो खोज अझै पूर्ण भने नभएको बताउँछिन् । ‘विश्वमै यो पहिलोपटक भएको छ कि जब एनकेएक्स ६–१ म्युटेशनलाई एमओडीआइको नयाँ प्रकारको रुपमा परिभाषित गरेको छ । एमओडीवाइको यो प्रकार मात्र भारतीयका लागि अनौठो हो कि या यस्तो अन्य देशका मानिसमा पनि पाइन्छ ? यसबारे पत्ता लगाउन अझै अध्ययन गर्नुपर्ने हुन्छ ।’
अर्काइभबाट