सुनको भाउ आज १३ सय रुपैयाँले घट्यो

जनपत्र
२७ माघ २०७९, शुक्रबार १२:११

काठमाण्डाै – सुनको भाउ आज १ हजार ३ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा १ लाख ३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख ४ हजार ९ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ ।

चाँदी  तोलामा ३० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*