यी खानेकुरा काँचै खाँदा झन् फाइदा दिन्छन्

जनपत्र
११ श्रावण २०७६, शनिबार ०७:१३

गलत जीवनशैली र खानपानका कारण आजकल धेरै मानिसमा मोटोपनको समस्या हुन थालेको छ । तौल कम गर्नका लागि मानिसहरू डाइटिङ र जिम गरिबस्छन् । तर उनीहरूको तौल घटिरहेको हुँदैन ।

केही खानेकुराहरू नपकाइकन खाँदा बरू तौल नियन्त्रण गर्न सकिन्छ । खासमा कैयौं खानेकुराहरूलाई पकाउँदा, काट्दा र ब्लेन्ड गर्दा त्यसमा भएको क्यालोरीको मात्रा बढ्छ । अनि त्यो खाँदा तौल झन् बढाइदिन्छ । यहाँ हामी काँचै खाँदा फाइदा हुने खानेकुराको चर्चा गर्दैछौं ।

काजु बदाम

केही मानिस काजु बदामलाई तारेर वा भुटेर खान मन पराउँछन् । यो गलत तरिका हो । बदाम तारेर खाँदा त्यसमा क्यालोरी अत्यधिक बढ्छ । अनि मोटोपन आउन थाल्छ । बदामको पूरा फाइदा लिन र तौल घटाउन काँचै खानुस् ।

बुर्काउली
बुर्काउलीमा प्रोटीन, भिटामिन सी र पोटेसियमको मात्रा अधिक हुन्छ । यो शरीरका लागि लाभदायक हुन्छ । थाइरोइडको समस्या भएमा पनि बुर्काउली खाँदा फाइदा हुन्छ । सलादका रूपमा यसलाई खाँदा तौल बढ्न रोकिन्छ ।

काउली
काउली पकाएर खाँदा त्यसको एन्टीअक्सिडेन्ट र मिनरलहरू सकिन्छन् । काउलीको पूरा फाइदा लिनका लागि काँचै खानुस् । हरिया सागपात सलादका रूपमा खाँदा बढी फाइदा हुन्छ ।

बन्दाकोपी
बन्दाकोपीले क्यान्सर जस्तो रोगबाट पनि बचाउन मद्दत गर्छ । तर यसलाई पकाएर खाँदा जम्मा २० प्रतिशत प्रोटीन हाम्रो शरीरमा पुग्छ । यसलाई काँचो सलादका रूपमा खानुभएमा धेरै पोषक तत्त्व पाइन्छ ।

रातो खुर्सानी
रातो खुर्सानीमा क्यारोटनाइड्स र पोलीफेनल जस्ता तत्त्व पाइन्छन् । यसलाई पकाएर खाँदा यसमा भएको भिटामिन नष्ट हुन्छ । यसलाई तरकारीमा हालेर पकाउनुभन्दा भुटेर खाएमा धेर फाइदा हुन्छ ।

नरिवल
नरिवलमा सोडियम, म्याग्नेसियम र पोटेसियम पाइन्छ । यसलाई खाँदा ऊर्जा आउँछ । व्यायाम गर्ने मानिसले काँचो नरिवल खाएको फाइदा हुन्छ । यसलाई नपकाइकन खाँदा तौल नियन्त्रणमा रहन्छ ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*