शिवम् सिमेन्टको नाफा २३ प्रतिशतले घट्यो, बिक्रि आम्दानी ३ अर्ब

जनपत्र
२७ माघ २०७९, शुक्रबार ०७:२६

शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.९९ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४२ करोड ७३ लाख  रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २७.३७ प्रतिशत घटेर  ३ अर्ब ३४ करोड ३० लाख रूपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २०.५८ प्रतिशतले घटेको छ  । सोही कारण पनि नाफा प्रभावित बन्न पुगेको हो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोषमा ४ अर्ब ७० करोड १२ लाख रूपैयाँ रहेको छ । दोस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ८५ पैसा पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*