हेटौंडा–३ का बृद्धबृद्धाहरुलाई सम्मान

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ को कार्यालयद्वारा आफ्नो वडा भित्रमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने बृद्धबृद्धालाई सम्मान गरिएको छ । जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गर्दै न्यानो कपडाहरु समेत दिएर सम्मान गरिएको हो । ७० वर्ष उमेर भन्दा माथीका जेष्ठ नागरिकलाई वडा नम्बर–३ का वडा अध्यक्ष ढलक बहादुर थापाले सम्मान गर्नुभयो ।
वडाभरीका २ सय ५९ जनालाई वडा सम्मान स्वरुप व्लाङकेट वितरण गरिएको वडा सचिब महेन्द्र चापागाँईले जानकारी दिनुभयो । कार्यक्रममा असत्त बिरामी भएर आउन नसकेकालई घरमै गएर वितरण गर्न लागिएको उहाँले वताउनुभयो । कार्यक्रममा वडा सदस्यहरुको पनि आतिथ्यता रहेको थियो ।