ताइपेइ एसियाली जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

जनपत्र
११ श्रावण २०७६, शनिबार ०७:०५

ताइपेइ एसियन क्याडेट तथा जुनियर जुनियर जुडो तथा ताइपेइ एसियाली जुडो च्याम्पियनसिपमा सहभागी हुने टोलीलाई शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले टोलीलाई सफलताको शुभकामना दिदै बिदाइ गरे ।

जुलाई २५ देखि ३० तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र ६० केजीमुनि मोहन बम तथा महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । मोहन अस्ट्रेलियाको मेलबर्नमा रहेकाले उनी त्यत्तैबाट ताइपेइ जाने छन् ।

प्रशिक्षकमा दीपककृष्ण श्रेष्ठ रहेका छन् । टोली शनिबार प्रस्थान गर्दैछ । प्रतियोगिता सञ्चालनका लागि नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य भने यसअघि ताइपेइ गइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*