SIC का आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने

जनपत्र
२६ माघ २०७९, बिहीबार ०७:२२

सगरमाथा इन्स्योरेन्स कम्पनीले लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेका १३
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि माघ २७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज माघ २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको पुस ५ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७७.७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।६५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर बीमा प्राधिकरणको निर्देशन पश्चात् लाभांश संशोधन गरिएको हो । संशोधित लाभांश अनुसार कम्पनीको बोनस घटेको छ । अब कम्पनीले १२.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६५२६ प्रतिशत नगद वितरण गर्नेछ ।

साथै सभाले लुम्बिनी जनरल इन्स्योरेन्ससंगको मर्जरको प्रस्ताव समेत पारित गर्नेछ ।

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २६ औँ वार्षिक साधारण सभा फागुन ११ गते, लैनचौर बैक्वेट लैनचौर काठमांडौमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*